PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सभापतिका रुपमा देउवा कार्यकालको अन्तिम बैठक : के के गर्‍यो कांग्रेसले निर्णय? रामचन्द्र नजाँदा थपिएनन् पदाधिकारी



पहिलोपोस्ट

सभापतिका रुपमा देउवा कार्यकालको अन्तिम बैठक : के के गर्‍यो कांग्रेसले निर्णय? रामचन्द्र नजाँदा थपिएनन् पदाधिकारी

काठमाडौं : पार्टी सभापतिका हैसियतमा शेरबहादुर देउवाले कार्यकालको अन्तिम बैठक सम्पन्न गरेका छन्। भोलिदेखि महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले चार प्रतिवेदन पास गरेको हो।

महाधिवेशनमा प्रस्तुत गरिने महामन्त्रीको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन पास भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। त्यसैगरी पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पास भएको छ। त्यस्तै अनमोदनसम्बन्धित प्रस्ताव पनि पास भएको छ।

रामचन्द्र पौडेल तथा प्रकाशमान सिंह अनुपस्थित बैठकमा अन्य पदाधिकारी तथा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए। बैठकमा कांग्रेसको खातामा १० करोड रूपैयाँ मौज्दात रहेको जानकारी समेत गराइएको छ।

पौडेलले पदाधिकारी थप गर्ने विषयलाई लिएर बैठक बहिस्कार गरेका थिए। त्यसैले उप महामन्त्री थप गर्दै विधान संशोधन गर्ने तय भए पनि हुन सकेन।   

आफ्नो पहिलो कार्यकालको अन्तिम बैठक भन्दै देउवाले फोटोग्राफरलाई फोटो लिन अनुमति दिएका थिए। पार्टी कार्यालयको छतमा घाम ताप्दै कांग्रेसको बैठक बसेको थियो। 

भोलि उद्‌घाटन हुने महाधिवेशनमा सहभागी हुन भारतबाट ४ जना नेता आउने प्रवक्ता शर्माले जानकारी दिए। दुई नेता सत्तारुढ भारतीय जनता पार्टीका हुने र दुई प्रमुख प्रतिपक्षी दल कांग्रेस आईका नेता हुने उनले बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell