PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

जिप दुर्घटना हुँदा लमजुङमा एक शिक्षक र दुई विद्यार्थीको मृत्यु



पहिलोपोस्ट

जिप दुर्घटना हुँदा लमजुङमा एक शिक्षक र दुई विद्यार्थीको मृत्यु

पोखरा : लमजुङमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं २ स्थित गणेश माध्यमिक विद्यालयबाट भ्रमणका लागि वडा ९ भुस्मे डाँडा जान लागेको ग.१ज ६३१७ को जिप गोया खोल्सामा दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा शिक्षक कमल थापा, ७ कक्षामा अध्ययनरत प्रमिशा गुरुङ र गणेश भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङ डिएसपी कृष्णबहादुर कार्कीले जानकारी दिए।

साँघुरो उकालो सडकमा जिप ब्याक गर्दा १२० मिटर तल खसेको डिएसपी कार्कीले बताए। कार्कीले दिएको जानकारी अनुसार ८ जना घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भएकालाई थप उपचारका लागि भरतपुर अस्पताल चितवन लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell