PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

सभापतिका लागि शेखर कोइरालाले दाबी नछाड्ने



पहिलोपोस्ट

सभापतिका लागि शेखर कोइरालाले दाबी नछाड्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १४ औं महाधिवेशनमा सभापतिको दाबी नछाड्ने भएका छन्। कांग्रेसको १४ औं महाधिवेशन भोलिबाट सुरु हुँदैछ। महाधिवेशन संघारमा आइपुग्दा समेत संस्थापन इतर समूहले साझा उम्मेदवार छनोट गर्न सकेका छैनन्।

साझा उम्मेदवार छनोट गर्न बसेको संस्थापन इतर समूहमा सहमति जुट्न सकेको छैन। यसबिच शेखरले सभापतिमा आफ्नो दाबी कायमै रहेको बताएका हुन्।

शेखरका सहयोगी दिनेशचन्द्र थपलियाले सामाजिक संजालमा शेखर सभापतिका लागि उठ्ने भन्दै पोस्टर सार्वजनिक गरेका हुन्। 'एक पटक, यसै पटक' नारा सहित शेखरको पोस्ट सार्वजनिक गरिएको हो।

संस्थापन इतर समूहमा रामचन्द्र पौडेलले शेखर र प्रकाशमान सिंहलाई आफूलाई सघाउन आग्रह गरेका थिए। सहमतिमा नआउने हो भने पौडेलले आफू कांग्रेसबाट बाहिरिने बताएका थिए। प्रकाशमान सिंहले पनि आफू सभापतिको होडभन्दा बाहिर नगएको प्रस्ट पारिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell