PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

भोलि भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन, ९० प्रतिशत तयारी सम्पन्न



पहिलोपोस्ट

भोलि भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन, ९० प्रतिशत तयारी सम्पन्न

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी ९० प्रतिशत सम्पन्न भएको छ। भोलिबाट सुरु हुने महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च व्यवस्थापन लगायतका काम सम्पन्न भएको कांग्रेस काठमाडौं जिल्लाका सचिव गोविन्द पुडासैनीले जानकरी दिए।

८० फिट लम्बाइ र ४० फिट चौडाइको मञ्च सजाउने लगायतका केही काम बाहेक सबै सकिएको उनले बताए। भृकुटीमण्डपमा बनाइएको मञ्चमा करिब ४०० मानिस अटने बनेको र ३ स्टेपमा नेता तथा पाहुनाहरुलाई राखिने उनले बताए। तयारीका बाँकी काम आज साँझ सम्म सकिने उनको दाबी छ।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरुले भाग लिने भएकाले उनीहरुलाई बस्न एक लाइन छुट्टाइएको पुडासैनीले जानकारी दिए। 

महाधिवेशनका लागि काठमाडौं आएका ४५०० भन्दा बढी प्रतिनिधिका लागि आवास लगायतका व्यवस्थापनको तयारी पनि सम्पन्न भएको आयोजकले जनाएको छ।

भोलिदेखि सुरु हुने कांग्रेसको महाधिवेशनका लागि नेताहरुले धमाधम उम्मेद्वारी घोषणा गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell