PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

म जहाँ रहन्छु, त्यहीँ कांग्रेस रहन्छ : कृष्णप्रसाद सिटौला



पहिलोपोस्ट

म जहाँ रहन्छु, त्यहीँ कांग्रेस रहन्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा कसरी अगाडि बढने भन्नेबारेमा केही सार्वजनिक गरेका छैनन्। महाधिवेशन सुरु हुन एकदिन बांकी रहँदासम्म पनि उनले आफ्नो कित्ता क्लियर गरेका छैनन्।

यसअघिको महाधिवेशनमा सभापतिको उम्मेद्वार बनेका सिटौलाले १४ औं महाधिवेशनमा उम्मेद्वार बन्ने वा कांग्रेस भित्रको कुनै एक समूहलाई सघाउने भन्नेबारेमा केही बताएका छैनन्।

आज गौशालामा आफू निकट नेताहरुसँग सिटौलाले आफू उभिएको ठाउँमा नै कांग्रेसको नेतृत्व रहने बताए। उनले भने,'म जहाँ रहन्छु, कांग्रेस त्यहीँ रहन्छ।'

सिटौलासँग बुधवार वरिष्ठ नेता रामचन्द्र पौडेलले भेटेर सभापतिको उम्मेद्वारका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। तर, सिटौलाले सहयोग गर्ने आधार नभएको जवाफ फर्काएका थिए।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि सिटौलालाई आफ्नो पक्षमा पार्न गृहकार्य गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell