PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

गगन थापा भन्छन् : बोल्नसक्ने र बुझिनसक्ने कांग्रेस चाहियो



पहिलोपोस्ट

गगन थापा भन्छन् : बोल्नसक्ने र बुझिनसक्ने कांग्रेस चाहियो

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले महाधिवेशनको संघारमा आइपुग्दा पनि सभापतिबारे अन्यौलता भएको बताएका छन्। महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै थापाले प्रज्ञा प्रतिष्ठानमा भने, 'मेरो सभापति को हुन्छ, अहिलेसम्म मलाई पनि थाहा छैन।'

उनले बोल्नसक्ने र बुझिनसक्ने कांग्रेस चाहिएको पनि बताए। पार्टीको विषयमा अरुले बोल्दिनुपर्ने भन्दै उनले कांग्रेसकै नेताहरु बोल्न सक्ने र बुझाउन सक्ने नेेतृत्व चाहिएको तर्क गरे। धेरै लामो समयसम्म राजनीतिमा सक्रिय हुने आफ्नो विचार नभएको उनको भनाइ छ।

'८२ सालसम्म म पदमा बस्छु। ५ वर्ष, ६ महिना, निर्वाचन आयोग भनेर म गुहार्दिन,' उनले भने।

कांग्रेसले मात्रै संविधानको रक्षा गर्ने थापाको भनाइ थियो। उनले महाधिवेशनपछि कांग्रेसको जिम्मेवारीमा तीनै तहको निर्वाचन गर्नु भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell