PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

शशांक निवासको संस्थापन इतरको भेलाको निष्कर्ष, ‘भोलिसम्म सभापतिको साझा उम्मेद्वारको टुंगो’



पहिलोपोस्ट

शशांक निवासको संस्थापन इतरको भेलाको निष्कर्ष, ‘भोलिसम्म सभापतिको साझा उम्मेद्वारको टुंगो’

काठमाडौँः आसन्न महाधिवेशनमा सभापतिको साझा उम्मेद्वारको खोजीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतरको समूह अहिलेसम्म निर्णयविहीन छ। दिनहुँ छलफल भइरहे पनि सभापतिको साझा उम्मेद्वार संस्थापन इतर समूहले टुंग्याउन सकेको छैन। 

संस्थापनबाट सभापतिमा शेरबहादुर देउवाको उम्मेद्वार टुंगो लाग्दा इतर समूह निर्णयविहीन छ। 

संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्। चार जनाको बीचमा सहमति हुन सकेको छैन। 

यसैबीच बिहीबार साँझ शशांक निवासमा बसेको दोस्रो तहका नेताहरुको बैठकले शुक्रबारसम्म उम्मेद्वारमा सहमति गरेको छ। शुक्रबार बिहान अनुपम फुडल्याण्डमा साझा उम्मेद्वारबारे पुनः छलफल हुने शशांक निकट एक नेताले बताए। 

शुक्रबारको बैठकका सभापतिका आकांक्षी चारै जनालाई समेत बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell