PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

ए डिभिजन लिगमा आज दुई खेल,पहिलो खेलमा मनाङ र फ्रेन्ड्स क्लब भिड्ने



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल,पहिलो खेलमा मनाङ र फ्रेन्ड्स क्लब भिड्ने

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा चौथो चरणका खेलहरु सुरु हुँदैछन्। जसअन्तर्गत आज दुई खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा हुने पहिलो खेलमा पोखरेली क्लब मनाङ मर्स्याङदी र कुपण्डोलको फ्रेन्ड्स क्लब आमनेसामने हुँदैछन्।

जारी लिगमा दुई जित र १ बराबरी खेलेको मनाङ ७ अंक जोड्दै तालिकाको शीर्ष तीनमा रहेको छ। मनाङले आफ्नो पहिलो खेलमा जावलाखेल युथ क्लबलाई १-० ले हराएको थियो भने दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई १-० गोल अन्तरले हराएको थियो। त्यस्तै तेस्रो खेलमा संकटा क्लबसँग २-२ गोलको रोमाञ्चक बराबरी खेलको खेलको थियो।

अर्कोतर्फ तीन खेलबाट दुई अंक जोडेको फ्रेन्ड्स क्लब तालिकाको १० औं स्थान छ। पहिलो खेलमा सातदोबाटो युथ क्लबसँग गोलरहित बराबरी खेलेको फ्रेन्ड्स क्लबले दोस्रो खेलमा संकटा क्लबसँग २-१ अन्तरले पराजय ब्यहोरेको थियो। त्यस्तै तेस्रो खेलमा थ्री स्टारसँग १-१ को बराबरीमा रोकिएको थियो।

फ्रेन्ड्स क्लब र मनाङ दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आमनेसामने हुनेछन्।

त्यस्तै आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लब भिड्नेछन्।

सुरुवाती दुई खेलमा बराबरी खेलेको आर्मीले पछिल्लो खेलमा ब्रिगेड व्वाइजमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो। अंकतालिकाका आर्मी ३ खेलबाट ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

त्यस्तै तीनखेलमा १ जित, १ हार र १ बराबरी खेलेको च्यासल ४ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ। थ्री स्टार क्लबसँगको ३-० को फराकिलो हार ब्यहोर्दै लिगमा खराब सुरुवात गरेको च्यासलले दोस्रो खेलमा विभागीय टोली एपीएफलाई हराएको थियो भने तेस्रो खेलमा न्युरोड टिम एनआरटीसँग १-१ को बराबरीमा रोकिएको थियो।

आर्मी र च्यासलले साँझ पौने ५ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell