
काठमाडौं : रक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले १४ औं महाधिवेशनमा आफूले महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन्।
नक्सालस्थित होटल आरान्यमा आयोजित कार्यक्रममा रिजालले महामन्त्रीमा उम्मेदवारी दिने बताएका हुन्।
संस्थापनइतरबाट रिजाल र गगन थापाले महामन्त्रीको उम्मेदवारी दिएका छन्।
संस्थापनइतरमा साझा उम्मेदवार छानिएको छैन। यसबारे रिजालले भने : हामी शिर खोजिरहेका छौ।
त्यस्तै गगनले भने १४औँ महाधिवेशन नजिकिँदै सिटौला गुट छाडेको पुष्टि गरेका थिए। उनी संस्थापन इतरमा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा शशांक कोइराला, प्रकाशमान सिंह, डा शेखर कोइरालाको समूहतिर जोडिए। महामन्त्रीमा उम्मेद्वारी दिँदै गर्दा आफ्नो समूहको मूल नेता को हुने हो भनेर छट्पटीमा देखिन्थे गगन। अहिले पनि उनको छट्पटी यसैमा छ। बिहीबार गगनले प्रज्ञा भवनबाट भने - मेरो सभापति को हुन्छ? अहिलेसम्म मलाई पनि थाहा छैन।
संस्थापनबाट सभापतिमा शेरबहादुर देउवाको उम्मेद्वार टुंगो लाग्दा इतर समूह निर्णयविहीन छ। संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, वर्तमान महामन्त्री शशांक कोइराला, तथा नेताहरु प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्। चार जनाको बीचमा सहमति हुन सकेको छैन।