PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

कांग्रेस नेता रामचन्द्र पौडेललाई विमलेन्द्रको फोन, 'उद्घाटनमा आउनुस्'



नेत्र तामाङ

कांग्रेस नेता रामचन्द्र पौडेललाई विमलेन्द्रको फोन, 'उद्घाटनमा आउनुस्'

काठमाडौंः नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा आउन आग्रह गरेका छन्।

आज दिउँसो १ बजे नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा वरिष्ठ नेता पौडेल नआउने हल्ला सुनेपछि नेता निधिले फोन गरेर नै आउन आग्रह गरेको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए।

निधिले फोनमा उद्घाटनमा आउनुहोस् भनेर फोन गरेको प्रेस सल्लाहकार दाहालले बताए। ' उहाँले म आउँछु भन्नु भएको छ,' प्रेस सल्लाहकार दाहालले भने।

त्यस्तै पौडेले पक्षका नेताहरूको वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न पौडेल निवास बोहोराटार पुगेका छन्। केही घण्टामा नै कांग्रेसको १४ औँ महाधिवेशनको भृकुटीमण्डपमा उद्घाटन कार्यक्रम सुरु हुँदै छ। तर सभापति पदमा सभापतिका आकाङ्क्षी रहेका वरिष्ठ नेता पौडेल के गर्ने भन्ने विषयमा अझै अन्योल नै छन्। नेता प्रकाशमान सिंह र शेखर कोइरालाले आफूलाई सभापतिको उम्मेदवार दाबी गरेपछि पौडेल अन्योलमा परेका हुन्। त्यस्तै उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा लड्ने घोषणा गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell