PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने भए नेता विमलेन्द्र निधि तयार, पौडेल निवासमा नेताहरूको बैठक



नेत्र तामाङ

रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति बनाउने भए नेता विमलेन्द्र निधि तयार, पौडेल निवासमा नेताहरूको बैठक

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन सभापतिको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अगाडि सार्ने हो भने आफू बाधक नहुने कांग्रेस उपसभापति विमलेन्द्र निधिले बताएका छन्। 

आज बिहान एक कार्यक्रममा सभापतिका उम्मेदवार रहेका निधिले आफू सर्वसम्मतमा सभापति चयन गर्ने पक्षमा रहेको बताएका हुन्। नेता निधिले सभापति शेरबहादुर देउवाले पौडेललाई सर्वसम्मत सभापति बनाउन चाहे आफू बाधक नबन्ने कुरा व्यक्त गरेको निधिको सचिवालयले जानकारी दिएको छ।

नेता निधिले भने यसअघि नै सभापतिको उम्मेदवार आफू भएको भन्दै प्रचार प्रसार थालिसकेका छन्। त्यस्तै नेता प्रकाशमान सिंह र शेखर कोइरालाले पनि आफूलाई सभापतिको उम्मेदवारका रुपमा अगाडि सारेका छन्। निधिको यस्तो अभिव्यक्तिपछि वरिष्ठ नेता पौडेल निवासमा बैठक बसिरहेको छ। बैठकमा मिनेन्द्र रिजाल, प्रदीप पौडेल, बलबहादुर केसी लगायतका नेता सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell