PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

आप्रवासी सवार ट्रक दुर्घटना हुँदा मेक्सिकोमा ५३ जनाको मृत्यु



पहिलोपोस्ट

आप्रवासी सवार ट्रक दुर्घटना हुँदा मेक्सिकोमा ५३ जनाको मृत्यु
Photo : Getty Images

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु भएको छ। दक्षिण मेक्सिकोको चिएपासमा १०० भन्दा बढी आप्रवासी सवार ट्रक दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा बालबालिकासमेत रहेका छन्। घटनामा ५८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

दुर्घटनामा पर्ने आप्रवासीहरु कुन देशको नागरिक हुन् भन्ने बारे केही खुलेको छैन। अधिकारीहरुले भने ट्रकमा अधिकांश होन्डुरस र ग्वाटेमालाका नागरिक रहेको अनुमान गरेका छन्।

अमेरिका पुग्ने सपना बोकेर हजारौं आप्रवासी मेक्सिको हुँदै यात्रा गर्ने गर्छन्। जोखिम मोलेर यात्रा गर्दा धेरै आप्रवासीको बिचमै मृत्यु समेत हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell