PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

महाधिवेशनको उद्घाटनपछि साझा उम्मेदवार छान्न फेरि संस्थापन इतर समूह छलफलमा बस्ने



पहिलोपोस्ट

महाधिवेशनको उद्घाटनपछि साझा उम्मेदवार छान्न फेरि संस्थापन इतर समूह छलफलमा बस्ने

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा भइरहेको छ। उद्घाटनसत्रमा सहभागी हुन कांग्रेस नेता, कार्यकर्ताका साथै विभिन्न दलका शीर्ष नेता कार्यक्रमस्थल पुगेका छन्।

नेपाली कांग्रेसमा पदाधिकारी र केन्द्रीय सदस्यका लागि मंसिर २७ गते निर्वाचन हुँदैछ। तर, हालसम्म संस्थापनइतर समूहले सभापतिमा साझा उम्मेदवार छनोट गर्न सकेका छैनन्। महाधिवेशन सुरु भइसक्दा पनि सहमति गर्न नसकेका नेताहहरु महाधिवेशनपछि फेरि छलफलमा जुट्ने भएका छन्।

नेताहरु भृकुटीमण्डपको उद्घाटनसत्र पछि बेलुकी ५ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जुट्ने भएका हुन्। संस्थापन इतरका सबै आकांक्षीसहित नेताहरु छलफलका लागि फेरि भेला हुने भएका हुन्। यसअघि नेताहरु प्रकाशमान सिंह निवासमा छलफलमा जुट्दै आएका थिए।

सभापतिमा फेरि शेरबहादुर देउवाले लड्ने निश्चित भइसक्दा उनीविरुद्ध साझा उम्मेदवार छनोट गर्न संस्थापन इतर असफल भएको हो। इतर समूहका रामचन्द्र पौडेलले आफूलाई यसपटक सभापतिमा सहयोग गर्न आग्रह गरिसकेका छन्। तर, प्रकाशमान सिंह र शेखर कोइरालाले पनि सभापतिमा दाबी नछाड्ने भएपछि पौडेल सकसमा छन्। पौडेलले सहमति नगर्ने हो भने आफूलाई कांग्रेसबाट विदा दिन सिंह र कोइरालामा भनिसकेका छन्।

यता, सिंह र कोइरालाले पनि आफूहरु नहट्ने भन्दै प्रचारप्रसार सुरु गरिसकेका छन्।

सभापतिका अर्का आकांक्षी विमलेन्द्र निधिले भने देउवाले सभापतिमा पौडेललाई सर्वसम्मति प्रस्ताव गरे आफूले मान्ने जनाएका छन्। शशांक कोइरालाले पनि पौडेललाई सहयोग गर्ने भन्दै आफू आकांक्षीबाट हट्ने बताइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell