PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बाटैमा डिस्प्ले, महाधिविश उद्घाटन हेर्नेको भीड



पहिलोपोस्ट

बाटैमा डिस्प्ले, महाधिविश उद्घाटन हेर्नेको भीड

 

काठमाडौः नेपाली कांग्रेको १४ महाधिवेशको उद्घाटन अबको केही  समयमा नै हुँदैछमहाधिवेश हुने स्थान काठमाडौंको प्रर्दशनीमार्ग स्थित भृकुटीमण्डवमा अहिले कांग्रेस सभापति शेरबहादुर देखि अन्य दलका शिर्ष नेताहरु पुगिसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने पुगेका छैनन।

भृकुटीमण्डको सम्पूर्ण ठाउँ नेता तथा कार्यकर्ताले भरिएको छ। त्यस्तै भृकुटीमण्ड अर्थात स्टेज अगाडीबाट उद्घाटन हेर्न नपाउनेको लागि पर्दशनी मार्ग अगाडीको बाटोमा ठूलो डिस्प्ले राखिएको छ। त्यही डिस्प्लेको अगाडी सयौं मानिस भेला भएर हेरिरहेका छन्।

त्यस्तै बिहानै देखि सयौं सङख्यामा प्रहरी परिचालन गरिएको छ। नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटाइएको छ। महाधिवेशन अवधिभर १० हजारभन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell