PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कांग्रेस महाधिवेशनले जुराएको फरक संयोग : विभाजनपछि एउटै मञ्चमा ओली-प्रचण्ड-नेपाल



पहिलोपोस्ट

कांग्रेस महाधिवेशनले जुराएको फरक संयोग : विभाजनपछि एउटै मञ्चमा ओली-प्रचण्ड-नेपाल

काठमाडौं : नेपाली कांग्रेसको १० महाधिवेशनको उद्घाटन सत्र भृकुटीमण्डपमा जारी छ। उद्घाटन समारोहमा सहभागी हुन संघीय संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलहरुका नेताहरु सहभागी भएका छन्। 

महाधिवेशनको उद्घाटन समारोमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका छन्। ओली कांग्रेसको माहधिवेशनमा सहभागी हुँदैगर्दा पहिलो पटक आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपालसँग पार्टी विभाजनपछि पहिलो पटक मञ्च सेयर गर्दै छन्। गत भदौमा नेकपा एमालेलाई विभाजन गरी पूर्व प्रधानमन्त्री एवं एमालेका पूर्व महासचिव नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेका छन्। 
नेपालको पार्टीलाई अवैधानिक भन्दै आएका ओलीले नेपाललाई आफ्नो पार्टीको एमालेको महाधिवेशनमा निम्तासमेत पठाएका थिएनन्। 

यसैबिच प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपाका अर्का अध्यक्ष तथा फागुनमा सर्वोच्च अदालतको आदेशपछि पूर्ववत अवस्थामा फर्किएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि मञ्च शेयर गरेका छैनन्।  कांग्रेसको यो महाधिवेशनले यी तीन नेतालाई एउटै मञ्चमा उभ्याएको हो। 

महाधिवेशनमा सम्बोधन गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जसपाबाट विभाजन भएको लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहितका नेताहरु सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell