PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

कांग्रेस महाधिवेशनमा सबै दलका नेता देखेपछि भाजपा नेता हर्ष वर्धनले भने : यस्तो कतै देखेको थिइन



पहिलोपोस्ट

कांग्रेस महाधिवेशनमा सबै दलका नेता देखेपछि भाजपा नेता हर्ष वर्धनले भने : यस्तो कतै देखेको थिइन

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन आएका भारतीय जनता पार्टीका प्रतिनिधि तथा पूर्व मन्त्री हर्ष वर्धन नेपालमा राजनीतिक दलबिचको संस्कारको खुलेर प्रशंसा गरेका छन्।

'म यस्ता धेरै राजनीतिक कार्यक्रमहरुमा सहभागी भएको छु तर देशका सबै पूर्व प्रधानमन्त्रीहरु एकै मञ्चमा यसरी कतै देखेको छैन,' उनले भने।

उनले केही अघिमात्र नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन पाएको बताउँदै त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवा ३ घन्टा बसेको सन्दर्भ पनि उठाए।

'केपी ओलीजीको निमन्त्रणामा म आउन पाएको थिएँ। त्यहाँ फरक पार्टीका प्रधानमन्त्री शुभकामना दिन पुगेर ३ घन्टा बस्नु भयो। यस्तो संस्कार अन्यत्र देख्न पाइन्न।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell