PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

३ लाख २९ हजार बढीले एकैदिन लगाए खोप, थपिए २५९ संक्रमित



पहिलोपोस्ट

३ लाख २९ हजार बढीले एकैदिन लगाए खोप, थपिए २५९ संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना भाइरस परीक्षण गर्दा २५९ जनामा संक्रमण देखिएको छ। ३३७ जना संक्रमण मुक्त भएका छन्। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९९७ पुगेको छ।

संक्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। ११ हजार ५५२ जनाले हालसम्म संक्रमणका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउनेको संख्या पनि बढ्दो रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन्। बिहीवार पनि तीन लाख भन्दा बढीले खोप लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell