PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

नाराजस्तै राष्ट्रियताप्रति ध्यान दिन कांग्रेसलाई माले महासचिव मैनालीको सुझाव



पहिलोपोस्ट

नाराजस्तै राष्ट्रियताप्रति ध्यान दिन कांग्रेसलाई माले महासचिव मैनालीको सुझाव

काठमाडौं : नेकपा (माले)का महासचिव सीपी मैनालीले कांग्रेसलाई 'आफ्ना नारा'अनुसार अगाडि बढ्न सुझाव दिएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो सुझाब दिएका हुन्। 

नेपालमा हरेक परिवर्तन र प्रजातान्त्रिक आन्दोलन पछि भएका व्यवस्था परिवर्तनसँगै बाह्य हस्तक्षेप भएको भन्दै उनले भने, 'कांग्रेसले नारामा लोकतन्त्र, राष्ट्रियताको नारा लेखेको छ। हाम्रो राष्ट्रियता र असंलग्नताप्रति उस(कांग्रेस)को ध्यान जाओस्।' 

उनले नेपाल जनता, राष्ट्र, लोकतन्त्रप्रतिको जिम्मेवारीलाई पूरा गर्ने गरी महाधिवेशनले कांग्रेसलाई अगाडि बढाउने छ भन्ने अपेक्षा राखे। 

प्रजातान्त्रिक अभ्यासहरु गर्दै गर्दा परिवर्तन ल्याउँदै गर्दा बाह्य अवाञ्छित प्रभावहरु भित्रिएको भन्दै उनले प्रश्न गरे- 'वाह्य हस्तक्षेपतिर हाम्रो ध्यान किन गएन?' 

वाह्य हस्तक्षेपप्रति ध्यान नदिँदा नेपाल अहिलेको अवस्थामा आइपुगेको उनले बताए। विदेशी सहयोग लिनुपर्ने भन्दै आफ्नो असंलग्नता र स्वतन्त्रताको मूल्यमा हुन नहुने उनले बताए। 

त्यस्तै, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि राष्ट्रियताको पक्षमा दृढ भएर अगाडि बढ्न सुझाव दिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell