PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

राजतन्त्र फर्काउँ भन्दै राजेन्द्र लिङ्देनले भने : गाउँमा जाँदा जनताले नेता होइन, कुन चाहिँ चोर आएछ भन्छन्



पहिलोपोस्ट

राजतन्त्र फर्काउँ भन्दै राजेन्द्र लिङ्देनले भने : गाउँमा जाँदा जनताले नेता होइन, कुन चाहिँ चोर आएछ भन्छन्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेतालाई चोर भन्न थालेको बताएका छन्। 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै उनले भने, 'सरकार सरकार जस्तो छैन। संसद संसद जस्तो छैन। अदालत अदालत जस्तो छैन। यो अवस्थालाई ठिक लगाउने कसले? राजनीतिले राजनीति ठिक छैन। राजनीतिलाई कसले ठिक लगाउने नेताले। तर अहिले नेता प्रति जनताको विश्वास गुमेको छ।' 

उनले गाउँमा जाँदा नेताहरुलाई चोर आएको बताउने गरिएको टिप्पणी गरे। 

'हाम्रो गाउँतिर कार्यक्रम हुन्छ। नेतालाई बोलाइन्छ। आयोजक गएर जनतालाई बोलाउन जान्छन्। म कसको नाम लिउँ मेरो नाउँ लिउँ की अरुको? भो कसैको नाम नलिउँ,' उनले भने, 'गाउँमा नेता आउँदै हुनुहुन्छ भन्दा आजकाल को नेता आएछ भनेर जनताले सोध्दैनन्। कुन चाँही चोर आएछ भनेर भन्छन्।' 

उनले कांग्रेसको १४ औं महाधिवेशनले नेतृत्वको छवि सुधार्ने प्रयास गर्नुपर्ने सुझाव दिए।  उनले व्यवस्था बदल्दै गर्दा नेता परिवर्तन नभएको भन्दै राजसंस्था पुन:स्थापनाको आवाज पनि उठाए।

'राष्ट्र प्रमुखको रुपमा राजतन्त्र, सोझै निर्वाचित प्रधानमन्त्री, पूर्व समानुपातिक संसद र संसद मन्त्री हुन नसक्ने व्यवस्था लियौँ,' अध्यक्ष लिङ्देनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell