PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

निधिको प्यानलबाट डाक्टर राजाराम कार्की र दिव्येश्वरी शाहले उम्मेदवारी दिँदै



पहिलोपोस्ट

निधिको प्यानलबाट डाक्टर राजाराम कार्की र दिव्येश्वरी शाहले उम्मेदवारी दिँदै

काठमाडौं : नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको उम्मेदवारीलाई समर्थन गर्दै नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूर पश्चिम प्रदेशसभा सदस्य दिव्येश्वरी शाहले पदाधिकारी पदमा उम्मेदवारी दिने भएका छन्।

निधिको प्यालनबाट उम्मेदवारी दिने भए पनि कुन पदमा भन्नेबारे छिट्टै निर्णय गर्ने बताइएको छ। नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य रहेका कार्की तरुण दलका पूर्व महामन्त्री पनि हुन्। २०३० सालमा नेविसंघ धादिङको अध्यक्ष रहेका कार्की महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्व स्ववियू सभापति र इकाई अध्यक्ष पनि हुन्।

यसैगरी, कैलालीकी शाह २०४७ को मदिरा विरोधी आन्दोलनका अभियान्त हुन्। शाह २०१५ सालको संसदका सदस्य लोकेन्द्र शाहकी छोरी हुन् भने नेपाली कांग्रेस कैलालीका निवर्तमान सभापति नरनारायण शाहका दिदी हुन्। उनी नेपाल महिला संघ कैलालीका संस्थापक अध्यक्ष समेत हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell