
बुटवलः रुपन्देहीको सैनामैना नगरपालिकामा एक पुरुषले श्रीमतीको हत्या गरेका गरेका छन्।
सैनामैना नगरपालिका ८ का सन्तबहादुर घर्तीले ३६ वर्षीया श्रीमती खुमालाई शुक्रवार धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए।
शुक्रवार बिहान बुटवल–११ स्थित दिदीको घरमा आएकी खुमालाई सन्तबहादुरले सोही स्थानमै खुकुरी प्रहार गरेका हुन्। खुमालाई घाँटीमा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अवस्थामा परिवारका अन्य सदस्यले फेला पारेका थिए । खुकुरी प्रहारबाट गम्भीर खुमाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा मृत्यु भएको डीएसपी पौडेलले बताए।
केही समयदेखि उनीहरू बिच पारिवारिक विवाद भएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि फरार भएका सन्तबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लैङ्गिक हिंसा विरुद्धको अभियान चलिरहेको बेला हत्या हिंसाका घटना झन् बढेका छन्।