काठमाडौं : लोकतन्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारसँग भएको सहमति कार्यान्वयन नभएर फेरि आन्दोलनमा उत्रने बताएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले संविधानमा अझै आफूहरुको असन्तुष्टि रहेको भन्दै सरकारसँग भएका सहमति कार्यान्वयनको माग गरेका हुन्। नागरिकता र जेलमा रहेका आफ्ना पार्टीका नेताहरुको रिहाई हुनुपर्ने उनले बताए।
भने,' सरकारसँग भएको सहमति पूरा भएको छैन। रेशम चौधरी जेलमा छन्। हाम्रो अरु धेरै साथी जेलमा छन्, तारेखमा छन्। उनीहरुलाई रिहा गरिनुपर्छ। हामीसँग भएको सहमति र प्रतिबद्धता पूरा नभए हामी फेरि सडकमा उत्रनेछौं'