PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

ठूलो दल भएपछि दम्भ बढ्दो रै'छ, एक्लै हिँड्ने अहंकारले ओरालो यात्रा लाग्छ भन्ने हामीले देखेका छौँ : प्रचण्ड 



पहिलोपोस्ट

ठूलो दल भएपछि दम्भ बढ्दो रै'छ, एक्लै हिँड्ने अहंकारले ओरालो यात्रा लाग्छ भन्ने हामीले देखेका छौँ : प्रचण्ड 

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक समस्या समाधानका लागि दलहरु एक भएर अगाडि बढ्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले एक्लै हिँड्ने अहंकारले ओरालो यात्रा सुरु हुने इतिहास सम्झाए। 

'कहिलेकाहीँ म सुन्छु। एक्लै हिँड्नुपर्छ। हामी एक्लै हिँड्ने भन्ने दम्भ हो। हामी प्रतिस्पर्धा गरे पनि एक भएर हिँड्नुपर्छ,' उनले भने, 'एक्लै हिँड्ने अहंकार गर्दा जसले एक्लै हिँड्यो, त्यसको ओरालो यात्रा सुरु भयो भन्ने नेपालको इतिहासले देखाएको छ।' 

उनले गठबन्धनको आवश्यकतालाई महत्त्व दिँदै गठबन्धनको निरन्तरतालाई जोड दिए। 

उनले सबै राजनीतिक दल र नेताहरुले निरंकुशताको लडाईमा एकता प्रदर्शन गरेको बताए। 

प्रचण्डले सत्तामा जाँदा पार्टी र नेताहरुले जनताका माझमा गरेका प्रतिवद्धताबाट विचलित भएको बताए। 

'हामी सरकारमा जाँदा, आन्दोलनका बेला हामीले जे प्रतिवद्धता गरेका छौँ। सत्तामा जाँदा हामीले प्रतिवद्धता पूरा गर्न सकेका छैनौँ,' उनले भने, 'हामीले सत्तामा जाँदा हामी कहीँ न कहीँ जनताका बिचमा गरिएका प्रतिवद्धताबाट विचलित भएका छौँ।'

उनले नेपाली कांग्रेसले यसको समीक्षा गर्न जरुरी रहेको बताए।

'सत्तामा पुगेपछि नेता र पार्टी प्रतिवद्धताबाट किन विचलित हुन्छन्? आन्दोलन र त्यागबाट उठेका नेताहरु किन सत्तालिप्सामा लाग्छन्?' प्रचण्डले प्रश्न गर्दै भने, 'हामीले खोज्नुपर्ने छ। हामी सबैले मन्थन गर्न जरुरी छ।'  

ठूलो पार्टी हुनेहरुलाई सत्तामा पुगेपछि दम्भ बढ्ने गरेको बताए।

'कहीँ न कहीँ ठूलो पार्टी भएर सत्तामा पुगेपछि कुनै न कुनै किसिमको दम्भ आउने अनुभव मैले गरेको छु। र यो अनुभव सबैले गरिरहेका छौँ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell