PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

थप २ सय ५९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु



पहिलोपोस्ट

थप २ सय ५९ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौः पछिल्लो २४ घण्टामा थप  २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ४ सय ८७ जनाको परीक्षण गर्दा २ सय ५९ जनामा संक्रमण पुष्टी भएको हो। त्यस्तै सोही अवधिमा ३ सय ३७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ९ सय ९७ रहेको छ।

२४ घण्टाको अवधिमा संक्रमण भएका ३ जनाको मृत्यु भएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ५ सय ५२ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell