PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

देउवा नेतृत्वको सरकार निर्वाचनसम्म जानुपर्छ : कृष्णप्रसाद सिटौला



पहिलोपोस्ट

देउवा नेतृत्वको सरकार निर्वाचनसम्म जानुपर्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार निर्वाचनसम्म जानुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै सिटौलाले देउवा सरकारले नै निरन्तरता पाउनुपर्ने बताएका हुन्।

'देउवा नेतृत्वको सरकार निर्वाचनसम्म जानुपर्छ। यसले निर्वाचन स्वतन्त्र हुन्छ' सिटौलाले भने।

१४ औं महाधिवेशनमा सिटौलाले आफ्नो कित्ता क्लियर गरेका छैनन्। सभापितमा शेरबहादुर देउवा फेरि लड्ने निश्चित भइसक्दा र संस्थापन इतर समूह साझा उम्मेदवार खोज्दै गर्दा सिटौला कुनै पक्षमा खुलेका छैनन्।

बिहीवार भने एक कार्यक्रम गर्दै सिटौलाले आफू जहाँ उभिन्छु त्यहीँ नै कांग्रेस रहने प्रतिक्रिया दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell