
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि १४ औं महाधिवेशनपछि निर्वाचन केन्द्रित हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले तीन तहमै कांग्रेसको सरकार बनाउनु लाग्नुपर्ने बताएका हुन्।
'महाधिवेशन सकिएपछि तीनै तहको निर्वाचन आउँदछै। सबै तहमा कांग्रेसको सरकार बनाउनुपर्छ। अनि मात्रै १४ औं महाधिवेशनले सार्थक हुन्छ।'
कार्यपालिका व्यवस्थापिका र न्यायपालिका अस्तव्यस्त भएको भन्दै उनले सबैलाई सुधान गर्न कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्नेमा उनले जोड दिए।
संघीयता र गणतन्त्रमा रुची नभएकाले देशमा शान्ति र अस्थिरता कायम गर्न नसकेको उनले दाबी गरे।
निधिले शनिवारदेखि निर्वाचन प्रक्रिया सुरु हुने भन्दै सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छनोट गर्न सुझाव दिए।
भने, 'सकिन्छ भने सर्वसम्मतिबाट नेतृत्व चयन गरौं। नत्र प्रतिस्पर्धा त छदैँछ। म पनि छु प्रतिस्पर्धामा।'