PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

जनताले ओलीको शासनबाट मुक्ति पाए भन्दै देउवाले भने : अब पनि कांग्रेसको सरकार बन्छ, बन्छ बन्छ



पहिलोपोस्ट

जनताले ओलीको शासनबाट मुक्ति पाए भन्दै देउवाले भने : अब पनि कांग्रेसको सरकार बन्छ, बन्छ बन्छ

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई फेरि एकपटक जिताउन महाधिवेशन प्रतिनिधिलाई अनुरोध गरेका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकारले निर्वाचन गराए तीनै तहमा कांग्रेसको सरकार बनाएर छाड्ने उद्घोष गरे।

'नेपाली कांग्रेसको सरकार बन्छ बन्छ बन्छ। त्यो मेरो जिम्मा भयो,' देउवाले भने।

सम्बोधनका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार अस्तव्यस्त र गतिहीन भएको आरोप लगाएका थिए। त्यसैको जवाफ दिँदै देउवाले आफ्नो सरकार आएको भोलिपल्टदेखि नै जनता खुशी भएको दावी गरे।

'जुन दिन मेरो सरकार बन्यो। त्यस अघिको दिनहरु हेर्नुस्, कस्तो डर त्रास थियो। म प्रधानमन्त्री भएपछि जनता खुशी भए। ओलीको शासनबाट मुक्ति पाए। त्यो मुक्ति बचाउने हो कि नबचाउने हो?' देउवाले प्रश्न गरे।

देउवाले सम्बोधन गरिरहँदा कांग्रेस कार्यकताले हुटिङ गरेका थिए। देउवाले 'भयो भयो' भन्दै थपे, 'यही सरकार रह्यो भने स्थानीय सरकार कांग्रेसको हुन्छ। राष्ट्रिय सरकार पनि कांग्रेसको हुन्छ। मलाई जिताइदिनुस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell