PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

च्यासलमाथि आर्मीको सहज जित



पहिलोपोस्ट

च्यासलमाथि आर्मीको सहज जित
फाइलफोटो : एन्फा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबमाथि सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले २-० गोलअन्तरले जित निकालेको हो।

खेलको १९ औं मिनेटमा आर्मीका जर्ज प्रिन्स कार्कीले टंक बस्नेतको क्रसमा गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। त्यस्तै ३६ औं मिनेटमा गौतम श्रेष्ठको पासमा अनमार्क्ड रहेका जगजित श्रेष्ठले आर्मीको अग्रता दोब्बर बनाए। आक्रामक खेल खेलेको आर्मीले दोस्रो हाफमा पनि आर्मीले राम्रा अवसरहरु बनाए पनि सदुपयोग गर्न सकेन। र, २-० ले च्यासलले खेल गुमाउन पुग्यो।

जितसँगै ४ खेलबाट ८ अंक जोडेको आर्मी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। आजै सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई हराएको मनाङ मर्स्याङदी क्लब १० अंक जोडेर तालिकाको शीर्षस्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell