PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस नेताको प्रचारशैली : टाउकोमा देउवा, आँखामा प्रकाशमान, मुखमा रामचन्द्र, छाती र पिठ्युँमा अरु



नेत्र तामाङ

कांग्रेस नेताको प्रचारशैली : टाउकोमा देउवा, आँखामा प्रकाशमान, मुखमा रामचन्द्र, छाती र पिठ्युँमा अरु

काठमाडौं : शुक्रवार दिउँसो १ बजे नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन भयो। उद्घाटन क्षेत्र वरपर आचारसंहिता भन्दै प्रचार प्रसार गर्न रोकिएको थियो।

बिहीबार राति त ब्यानरहरु प्रहरीले थुतेकै थियो। तर उद्घाटन शुरु नहुँदै महाधिवेशनस्थलमा प्रचारप्रसार थालियो।

प्रचारमा सबैभन्दा आक्रामण सभापतिमा फेरि दाबी गरेका शेरबहादुर देउवाकै पक्षमा देखियो। देउवाको पक्षमा उत्रेकाहरुले टाउकोमा क्याप लगाएका थिए। क्यापमा एकपटक फेरि देउवालाई अवसर दिनुपर्ने नारा लेखिएको थियो।

रातो र सेतो रंगको यो क्याप लगाएर डडेल्धुराका महिलाहरु देउडामा नाचेका थिए। साँझ देउवाले भाषण सक्काउँदा यस्तो क्याप लगाउनेहरु नाराबाजीमा उत्रिएका थिए। उनीहरु भन्दै थिए – नेपाली कांग्रेस के भन्छ, शेरबहादुर देउवा लेउ भन्छ।

महाधिवेशनमा देउवालेमात्र हैन अरुले पनि प्रचार तीव्र पारे। संस्थापनइतरमा कुनै साझा उम्मेद्वार तय गर्न नसक्दा प्रचारमा कमजोर देखिए। तर पनि सभापतिका दाबेदार वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सक्दो प्रचार गरे। उनले मास्कमा आफ्नो फोटो राखेर प्रचार गरेका थिए।

यता सभापतिका अर्का दाबेदार प्रकाशमानलाई भने आँखामा सजाएको पाइयो। अबको नेतृत्वमा प्रकाशमान लेखिएको स्टिकर चश्मामा टाँसेर उनका समर्थक भृकुटीमण्डममा उत्रिएका थिए।

प्रचार शैली नेतैपिच्छे फरक थियो। जातीय नेताहरु आफ्नै बाजागाजा बजाएर उद्घाटनस्थल घुमेका थिए। यसैगरी केही नेताले ज्याकेटमार्फत प्रचार गरे। केन्द्रीय सदस्यका उम्मेद्वार राजेन्द्र बजगाईले आफ्नो नाम लेखिएको सुन्तला रंगको ज्याकेट लगाएर स्वयंसेवक खटाएका थिए।

कोही नेताको प्रचार ब्यानर छातीमा सजिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell