PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

जुन्ता सरकारविरुद्ध म्यानमारमा 'मौन हड्ताल'



पहिलोपोस्ट

जुन्ता सरकारविरुद्ध म्यानमारमा 'मौन हड्ताल'
Photo : REUTERS

जुन्ता सरकारको विरोधमा शुक्रवार म्यानमारमा 'मौन हड्ताल' आयोजना गरिएको छ। म्यानमारको सेनाले फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाउँदै 'कू' गरेको थियो।  

सेनाले आफ्नै नेतत्वमा सरकार गठन गर्दै आङ सान सूची लगायतका नेतालाई प्रकाउ गरेको थियो। सूचीलाई हालैमात्र ४ वर्षको जेल सजाय सुनाइएको थियो। 

शुक्रवार अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको समूहले 'मौन हड्ताल' आयोजना गरेका हुन्। हड्तालका कारण देशभरका शहर र सहरका सडक खाली भएका थिए। यस्तै, म्यानमारको व्यावसायिक केन्द्र याङ्गून शहरका सडकहरु खाली थिए भने पसलहरू स्वतस्फुर्त बन्द गरिएका थिए।

याङ्गून र छिमेकी सहरहरूमा हड्तालको अन्त्य भएको घोषणा सामूहिक रूपमा ताली बजाएर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell