PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

ए डिभिजन लिगमा आज दुई खेल, मछिन्द्रलाई हिमालयन शेर्पाको चुनौती



पहिलोपोस्ट

ए डिभिजन लिगमा आज दुई खेल, मछिन्द्रलाई हिमालयन शेर्पाको चुनौती
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेल सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यी टोली १ बजे प्रतिस्पर्धामा उत्रने छन्।

तीन खेल खेल्दा दुई बराबरी र १ पराजय ब्यहोरेको एनआरटीको दुई अंक छ। एनआरटीले पहिलो खेलमा मछिन्द्र क्लबसँग २-१ गोलअन्तरको पराजय ब्यहोरेको थियो भने दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यस्तै तेस्रो खेलमा च्यासल युथ क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो।

त्यस्तै सातदोबाटो तीन खेलमा २ जित र १ बराबरी खेल्दै तालिकाको तेस्रो स्थानमा छ। सातदोबाटोले उद्घाटन खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा थ्री स्टारलाई १-० गोलअन्तरले हराएको थियो। त्यस्तै पछिल्लो खेलमा एपीएफमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको थियो।

त्यस्तै आजै हुने दोस्रो खेलमा हिमाललयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र क्लब आमनेसामने हुँदैछन्।

साविक विजेता मछिन्द्र ३ खेलबाट ७ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। आफ्नो पहिलो खेलमा एनआरटीलाई २-१ गोलअन्तरले हराएको मछिन्द्रले दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। त्यस्तै पछिल्लो खेलमा जावलाखेल युथ क्लबले २-० ले हराएको थियो।

त्यस्तै दुई बराबरी र १ हार ब्यहोर्दै २ अंक जोडेको हिमालयन शेर्पा तालिकाको तालिकाको १० औं स्थानमा छ। पहिलो खेलमा संकटा क्लबसँग १-१ को बराबरी खेलेको शेर्पाले दोस्रो खेलमा मनाङ मर्स्याङदी क्लबसँग १-० को पराजय ब्यहोरेको थियो। त्यस्तै पछिल्लो खेलमा नेपाल पुलिस क्लबसँग १-१ को बराबरीमा रोकिएको थियो।

हिमालयन शेर्पा र मछिन्द्र क्लब आज साँझ पौने ५ बजे दशरथ रंगशालामा भिड्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell