PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

संस्थापन इतरका आकांक्षी अन्तिमपटक छलफलमा जुट्दै, प्रकाशमानको आफ्नै कार्यक्रम



पहिलोपोस्ट

संस्थापन इतरका आकांक्षी अन्तिमपटक छलफलमा जुट्दै, प्रकाशमानको आफ्नै कार्यक्रम
फाइल फोटो

काठमाडौं: शुक्रवार कांग्रेस महाधिवेशनको उद्घाटन भएसँगै संस्थापन पक्षबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले पार्टी सभापतिका लागि उम्मेद्वारी दिइसकेका छन्। अर्कोतर्फ संस्थापन इतरले भने अझै सभापतिलगायत साझा उम्मेद्वारको चयन गर्न सकेको छैन। आज उम्मेद्वारी दर्ता गर्ने दिन आइसक्दा पनि सहमति भइसकेको छैन।

शुक्रवार पनि संस्थापनइतरका ४ आकांक्षी नेताहरु भृकुटीमण्डपको उद्घाटनसत्रपछि बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफलमा जुटेका थिए। तर, सो छलफलमा साझा उम्मेद्वारको विषयमा कुनै सहमति हुन सकेन। छलफलपछि शेखर कोइरालाले आज १० बजेसम्म साझा उम्मेद्वार आउने बताएका थिए।

सहमतिका लागि आज ८ बाट संस्थापन इतरको बैठक शशांक निवास महाराजगंजमा बसेको छ। अर्कोतर्फ प्रकाशमान सिंह भने आज आफ्नो सम्पर्क कार्यालयमा हुने जनाएका छन्। त्यहाँ उनको सभापतिमा उम्मेद्वारी तथा अवधारणा बारेमा सार्वजनिक कार्यक्रम आयोजना गरेका छन्।

पाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ। यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यक बाट एक, अपाङ्बाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell