PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै, कसको छ छानिने मौका?



पहिलोपोस्ट

स्थायी कमिटी र पोलिटब्युरो गठनका लागि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै, कसको छ छानिने मौका?

काठमाडौं: नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक बस्दै छ। आज र भोलीका लागि अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्।

बैठक जर्मन हाउस हस्पिटालिटी गट्ठाघर भक्तपुरमा ११ बजे बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

यस्ता छन् एजेण्डा

केन्द्रीय कमिटीको पहिलो बैठक चितवनमा १० औं महाधिवेशन सम्पन्न भए लगत्तै मंसिर १४ गते बसेको थियो।

बैठकमा बाँकी मनोनित हुने १० प्रतिशत अर्थात ३१ जना केन्द्रीय सदस्यहरुको सपथ ग्रहण हुने छ।

महाधिवेशनको समीक्षा, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन तथा प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन गर्ने बैठकको कार्यसूची रहेको छ। एमालेको विधान अनुसार पोलिटब्युरो ९९ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय हुने छ।

एमालेको माहाधिवेशन सम्पन्न भएको भए पनि जिल्ला र प्रदेशको अधिवेशन भएको छैन। आजको बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण गर्ने छ। विधान सम्पादन र नियमावली संशोधन, बैठक संचालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरियता क्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियान पनि बैठकको कार्यसूचीमा छ।

कसको छ सम्भावना?

एमालेका नेताहरुका अनुसार यसआघि ९ औं महाधिवेशनबाट स्थायी कमिटी चयन भएका नेताहरुलाई प्राथमिकतामा राखेर अध्यक्ष ओलीले नाम प्रस्ताव गर्ने छन्। जसबाहेक पार्टीमा योगदान र क्रियाशीलताका आधारमा पनि केही नयाँ अनुहार चयन हुने ओली निकट नेताको भनाई छ। पोलिटब्युरोमा कम्तिमा पनि दुई कार्यकाल केन्द्रीय सदस्य भएका नेता छानिने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell