
काठमाडौं: नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत आज उम्मेद्वारी दर्ता हुँदैछ। विभिन्न पदका लागि नेताहरुको धमाधम उम्मेद्वरी आइरहेको छ।
प्रधानमन्त्री तथा पार्टीका सभापतिसमेत रहेका शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले पनि केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएकी छिन्। उनले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा खुल्ला महिलाको तर्फबाट उम्मेद्वारी दिने भएकी हुन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज बिहान १० देखि साँझ ५ बजेसम्म राष्ट्रिय सभागृहमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ।