PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

विजयराज आचार्यका चार कृति आँबुखैरेनीबाट सार्वजनिक



पहिलोपोस्ट

विजयराज आचार्यका चार कृति आँबुखैरेनीबाट सार्वजनिक

आँबुखैरेनी : आँबुखैरेनी स्रष्टा समाजद्वारा मङ्सिर २३ गते आयोजित एक विशेष समारोहमा विजयराज आचार्यका अङ्ग्रेजी भाषामा अनूदित चार कृति चिल्ड्रेन्स स्टोरिज अफ विजयराज आचार्य भाग २, द हर्मिटेज, द नेकेड स्काई र गुडनाइट तथा सानुकाजी थापाको निबन्ध सङ्ग्रह तथ्यको गुँजको विमोचन भयो। शुक्रवार आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, साहित्यकार प्रमोद प्रधान र साहित्यकार सिर्जना शर्माले ती कृतिहरूको विमोचन गरेका हुन्।

कार्यक्रममा प्रमुख अतिथि ऋषि केसीले बालसाहित्यका कृतिहरूले बालबालिकाको सर्वाङ्गिण विकासमा महत्वपूर्ण योगदान दिने बताए। बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानले  लेखक होइन, स्रष्टा बन्नेतिर अग्रसर हुनुपर्ने धारणा राखे।

आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ती कृतिहरूबारे अनुवादक स्वर्णिम लम्साल र आँबुखैरेनी स्रष्टा समाजका उपाध्यक्ष अर्जुनकुमार ढकालले समीक्षा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell