PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

साहित्यकार प्रधानद्वारा ५ लाखको अक्षयकोषको स्थापना



पहिलोपोस्ट

साहित्यकार प्रधानद्वारा ५ लाखको अक्षयकोषको स्थापना

आँबुखैरेनी : बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानले बाल साहित्य साधकलाई सम्मान गर्न ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन्।

शुक्रवार आँबुखैरेनीमा भएको केन्द्रको वार्षिक सम्मेलनका अवसरमा आयोजित बालसिर्जना महोत्सवको प्रधानले उक्त अक्षयकोष स्थापनाको घोषणा गरेका हुन्।

साहित्यकार प्रधान, उनकी श्रीमती ब्यूटी श्रेष्ठ र छोरी सृष्टि प्रधानले प्रत्येक वर्ष एक जना बालवाङ्मय साधक (लेखन, चित्राङ्कन लगायत) लाई सम्मान गर्नका लागि उक्त अक्षयकोष स्थापना गरेको केन्द्रले जनाएको छ।

अक्षयकोषको रकमको ब्याजबाट २५ हजार नगदसहित सम्मानपत्र प्रदान गरिने केन्द्रले जनायो। सम्मानको नामकरण र अन्य विषयबारे पछि निर्णय गरिने बताइएको छ। प्रधानले उक्त रकमको चेक छोरी सृष्टिको जन्मदिन पुस ११ गते संस्थालाई हस्तान्तरण गर्ने जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell