PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा फेरि दासानायके



पहिलोपोस्ट

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा फेरि दासानायके
तस्बीर: क्यान

काठमाडौं: नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा  पुवुदु दासानायके नियुक्त भएका छन्। आज बिहान सम्पन्न नेपाल क्रिकेट संघको बोर्ड बैठकले दासानायकेलाई मुख्य प्रशिक्षकका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि नेपाली टोलीलाई सन् २०१४ को विश्वकपमा पुर्‍याएका दासानायके फेरि नेपाली टोलीका प्रशिक्षकका रुपमा नेपाल आउने भएका हुन्।

यसअघि नेपाली टोलीका प्रशिक्षक रहेका डेभ ह्वाटमोरले सेप्टेम्बरमा सम्पन्न ओमनसिरिजसँगै राजीनामा दिएका थिए। त्यसयता क्यानले प्रशिक्षक नियुक्तीको प्रकृया सुरु गरेको थियो।

कात्तिक ३० गते बसेको क्यानको बैठकले कार्यवाहक सचिव मल्लको संयोजकत्वमा रहने गरी प्रशिक्षक छनोट समिति गठन गर्ने निर्णय गरेको थियो।जसमा कोषाध्यक्ष रोशन सिंह, महाप्रबन्धक रौनक बहादुर मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र आईसीसीका एकजना प्रतिनिधि सदस्य रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell