PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

विमलेन्द्रले बाँडे बुवा महेन्द्र नारायण निधिको तस्विरसहितको झोला



पहिलोपोस्ट

विमलेन्द्रले बाँडे बुवा महेन्द्र नारायण निधिको तस्विरसहितको झोला

काठमाडौं : नेपाल कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। तर आकांक्षी नेताहरुको व्यवस्थापन गर्न नसक्दा संस्थापन र संस्थापन इतर समूहले मनोनयन दर्ता गराउन सकेका छैनन्।

सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि लड्ने निश्चित भइसक्दा संस्थापन इतरले सभापतिको सम्मेदवार छनोट गर्न सकेको छैन।

यता, विमलेन्द्र निधिले भने महिनौं अघिदेखि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै प्रचारप्रसार गरिरहेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा सभापतिका लागि प्रस्ताव गरे आफू नेतृत्वको होडबाट बाहिरिने बताएका निधि अहिले चुनाव प्रचारका क्रममा छन्।

निधिले आफ्ना बुवा महेन्द्र नारायण निधिको तस्विर सहितको झोला दिएर प्रचारप्रसार गरिरहेका छन्। भृकुटीमण्डपमा उनका समर्थकले महाधिवेशन प्रतिनिधिलाई झोला र पर्चा वितरण गरिरहेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell