PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

नेताहरुलाई महाधिवेशन चटारो : भित्र प्रचण्ड, बाहिर प्रकाशमान



पहिलोपोस्ट

नेताहरुलाई महाधिवेशन चटारो : भित्र प्रचण्ड, बाहिर प्रकाशमान

काठमाडौं : दलहरु अहिले अधिवेशनको चटारोमा छन्। एमाले पछि अहिले नेपाली कांग्रेसको महाधिवेशन र माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ।

कांग्रेसको हिजो देखि सुरु भएको महाधिवेशनमा आज मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। माओवादी केन्द्रको पुस ११ गते देखि महाधिवेशन सुरु हुनेछ। आज भने माओवादी केन्द्रको प्रदेश अधिवेशन चलिरहेको छ।

सिंहदरवार अगाडी कांग्रेसका नेता तथा सभापति पदका आकांक्षी प्रकाशमानसिंह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यक्रम एकै ठाउँमा छ।

बग्गिखाना नजिक रहेको ड्राइभिङ स्कुलमा प्रकाशमान सिंहले उम्मेद्वारी घोषणा गर्दैछन्। आडैमा रहेको स्काई दरवार बैंकुटमा प्रचण्डले वाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell