PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

नेताको प्रचार शैली : भित्तादेखि झोलासम्म शेरबहादुर देउवा



पहिलोपोस्ट

नेताको प्रचार शैली : भित्तादेखि झोलासम्म शेरबहादुर देउवा

काठमाडौं : नेपाल कांग्रेसमा अहिले १४ औं महाधिवेशनको रौनक छाएको छ। १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। तर आकांक्षी नेताहरुको व्यवस्थापन गर्न नसक्दा संस्थापन र संस्थापन इतर समूहले मनोनयन दर्ता गराउन सकेका छैनन्।

सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा फेरि लड्ने निश्चित भइसकेको छ। संस्थापन इतर समूह साझा उम्मेदार छनोट गर्न नसकेको अवस्थामा देउवा भने चुनाव प्रचारप्रसारमा जुटेका छन्।

फेरि एकपटक आफूलाई जिताउन आह्वान गर्दै महाधिवेशनको उद्घाटनको दिन देउवाले सम्बोधन गरेका थिए। आफू जिते स्थानीय तहदेखि केन्द्रसम्म कांग्रेस नेतृत्वको सरकार बन्ने उनको उद्घोष थियो। भाषणभर उनको समर्थनमा नारा समेत लागेको थियो।

मनोनयनको दिन भने उनले आक्रमण शैलीमा प्रचारप्रसार गरेका छन्। रत्नपार्क, पुतलीसडक, दरबारमार्ग, भृकुटीमण्डप क्षेत्रमा मत माग्दै उनको ब्यानर टाँसिएको छ। साथै, प्रतिनिधिहरुलाई देउवाको तस्विर सहितको झोला समेत वितरण गरिएको छ।

आफू अध्यक्षमा लड्ने निश्चित भएपनि उनलाई पदाधिकारी छनोटमा भने सकस परिरहेको छ। त्यसैले पनि उनको समूहको मनोनयनमा ढिलाइ भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell