PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पीएम कपको लागि प्रदेश २ मा खेलाडी छनौट: पर्सा, रौतहट र धनुषामा भएन महिला टिम



राधेश्याम पटेल

पीएम कपको लागि प्रदेश २ मा खेलाडी छनौट: पर्सा, रौतहट र धनुषामा भएन महिला टिम

वीरगंज: अगामी प्रधानमन्त्री कपको कपको लागि प्रदेश २ मा क्रिकेट खेलाडी छनोट प्रकृया शुरु भएको छ।

राष्ट्रिय स्तरको पीएम कप महिला अगामी पुस ३ गते धनगढी र पुस २५ गतेदेखि काठमाडौंमा हुने पीएम कपको खेलाडीहरु छनौट कार्य शुरु गरिएको क्यान नेपाल मातहतको प्रदेश नं २ खेलाडी छनोट समितिका संयोजक मुर्तुजा हवारीले जानकारी गराए।

उनका अनुसार महिलाहरुको टिम छनोट प्रकृया मंसिर २० गतेदेखि शुरु गरिएको छ भने सोही दिनदेखि पुरुषहरुको जिल्ला स्तरको टिम छनौटको कार्य भइरहेको छ।

प्रदेश २ को आठ जिल्ला मध्ये ५ जिल्लाबाट मात्र महिला टिम बनाएर विभिन्न चरणको खेल मार्फत प्रदेश २को महिला टिम छनौट कार्य भइरहेको छ। जसमा बारा, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी मात्र सामेल भएका छन्। पर्सा, रौतहट र धनुषा जिल्लामा महिला क्रिकेटप्रति आकर्षण घट्दै गएकोले जिल्ला स्तरमा खेलाडीहरुको टिम नै नआएको उनले बताए।

जिल्ला स्तरमा महिला क्रिकेट खेलाडीहरुको लागि सरकारले आकर्षक प्याकेजसहितको सुविधा दिए महिला खेलाडीहरु आउन सक्ने उनले बताए। विगतको केही खेलमा सिरहा दुई जना खेलाडीहरु गम्भीर घाइते भएर उपचार र सुविधा नपाएकोले क्रिकेट खेल प्रति महिला खेलाडी हत्तोत्साहित भएको देखिएको छ। प्रदेश २ को छनौट खेलको शनिवार हुने फाइनल खेलबाट १४ जना प्रदेश टिमको खेलाडी र ४ जना बैकल्पिक खेलाडी गरी कुल १८ जनाको टोली चयन गर्ने लक्ष्य राखिएको उनले बताए।

त्यसैगरी,प्रदेश २ को पुरुषतर्फको टिम पनि चाँडै छनोट हुने उनले बताए। उनका अनुसार हाल जिल्ला स्तरमा जिल्ला टिम छनौटको कार्य भइरहेको र एक दुई दिनमै जिल्लाको टिम बनेपछि पुरुषतर्फको खेलाडी छनौटको प्रकृया अगाडि बढाइने तयारी छ। पर्सामा १२–१२ जनाको दुई वटा टिम बीच तीन दिन खेलाएर आजै जिल्ला टिम छनौट गर्ने काम भइरहेको क्यान पर्साका कोषाध्यक्ष बाबुजान अन्सारीले बताए। प्रदेश २ को पुरुष टिमतर्फ पनि १४ जना र ४ वैकल्पिक गरी कुल १८ खेलाडी अगामी साता छनोट गर्ने योजना छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell