PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

रुद्राक्ष बाँड्दै, मत माग्दै उमेशजँग रायमाझी

रुद्राक्ष बाँड्दै, मत माग्दै उमेशजँग रायमाझी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ। पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षी नेताहरुले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसार गरिरहेका छन्।

मनोनयन दर्ता स्थल राष्ट्रिय सभागृहमा उम्मेदवारी घोषणा गरेका नेताहरुले प्रतिनिधिहरुलाई पर्चादेखि झोलासम्म वितरण गरिरहेका छन्।

यसैबिच, केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उमेशजँग रायमाझीले रुद्राक्षको माला बाँडेर प्रचारप्रसार गरिरहेका छन्।

रायमाझी भोजपुरका बासिन्दा हुन्। भोजपुर रुद्राक्षका लागि चर्चित क्षेत्र हो। त्यसैले पनि उनले प्रतिनिधिहरुलाई रुद्राक्षको माला लगाइदिएर प्रचारप्रसारमा उत्रेका हुन्। उनले रुद्राक्ष माला वितरण गरिरहँदा प्रतिनिधि र कार्यर्ताको घुइँचो लागेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell