
काठमाडौंः भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शुक्रवार राति भक्तपुर सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डु रातोपाटी नजिक सुर्यबिनायकबाट गुण्डुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२-०३३ प ७१७३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। सुर्यबिनायक नगरपालिका वडा नम्बर ७ गुण्डु बस्ने ३२ वर्षीय रवीन्द्र थापाको मृत्यु भएको हो।
मोटरसाइकल चालक ३७ वर्षीय सुरेन्द्र बस्नेत घाइते भएका छन्। उनको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा ग्रिब्र गतिको कारण दुर्घटना भएको देखिएको छ।