.jpg)
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनको प्रतिस्पर्धाबाट आफूलाई अलग्याउने निर्णय गरेका छन्।
उनले आज प्रेस विज्ञप्ति जारी गर्दै जारी महाधिवेशनको निर्वाचनको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेका हुन्।
'प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अँगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पर्धा को मैदान छोड्नपर्ने अवस्थामा म पुगेँ,' पौडेलले प्रेस विज्ञप्तिमा भनेका छन्।
महाधिवेशनमा सभापति पदका प्रत्यासी रहेका पौडेलले कांग्रेस यतिखेर संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा रमाइरहेको भन्दै आलोचना पनि गरेका छन्।
'प्रतिस्पर्धाबाट म अलग रहे पनि आस्थावान साथीहरुले आफ्नो विवेक प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउनु हुनेछ भन्ने शुभेक्षा व्यक्त गर्दछु,' पौडेलले भनेका छन्।