PahiloPost

Sep 9, 2025 | २४ भदौ २०८२

कांग्रेस सभापतिमा शेखर कोइरालाको प्यानल घोषणा, महामन्त्रीमा गगन र मिनेन्द्र



पहिलोपोस्ट

कांग्रेस सभापतिमा शेखर कोइरालाको प्यानल घोषणा, महामन्त्रीमा गगन र मिनेन्द्र

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिमा उम्मेदवारी दिने भएका छन्। रामचन्द्र पौडेल सभापतिको प्रतिस्पर्धाबाट हटेपछि उनले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

उनको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी रहेका छन्। यस्तै, महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्। 

सह महामन्त्रीमा विकास लामा, कमला पन्त, देवराज चालिसे, शेख वकिल, बद्री पाण्डे र जीवन परियारले उम्मेदवारी दिने भएका छन्।
अब केही बेरमा प्यानल सहितको टोली सभागृह पुगेर मनोनयन दर्ता गराउने नेता विकास लामाले पुष्टि गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell