PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

शेखर कोइरालाले प्यानलसहित सभागृह पुगेर सभापतिमा मनोनयन दर्ता गराए



पहिलोपोस्ट

शेखर कोइरालाले प्यानलसहित सभागृह पुगेर सभापतिमा मनोनयन दर्ता गराए

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापतिमा मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय सभागृह पुगेर उनले आफ्नो प्यानलको उम्मेदवारसहित पुगेर मनोनयन दर्ता गराएका हुन्।  

शेखरसँगै उनको प्यानलबाट महामन्त्रीका उम्मेदवार गगन थापा र रक्षा मन्त्री मिनेन्द्र रिजाल पनि सभागृह पुगेका छन्।  रामचन्द्र पौडेल सभापतिको प्रतिस्पर्धाबाट हटेपछि उनले प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन्।

उनको टिमबाट उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी रहेका छन्। यस्तै, महामन्त्रीमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन्।

सह महामन्त्रीमा विकास लामा, कमला पन्त, देवराज चालिसे, शेख वकिल, बद्री पाण्डे र जीवन परियारले उम्मेदवारी दिने भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell