PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

माओवादी केन्द्रको प्रदेश सम्मेलन एकै पटक : काठमाडौंबाट प्रचण्डले गरे उद्‍घाटन



पहिलोपोस्ट

माओवादी केन्द्रको प्रदेश सम्मेलन एकै पटक : काठमाडौंबाट प्रचण्डले गरे उद्‍घाटन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले देशभरका प्रदेशको सम्मेलन एकैपटक सुरु गरेको छ। 

वाग्मती प्रदेशबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात भौगोलिक तथा तीन गैर भौगोलिक प्रदेश गरी १० प्रदेशमध्ये ९ वटा प्रदेशमा सम्मेलन एकैपटक उद्‍घाटन गरेका हुन्। प्रवास प्रदेशको सम्मेलन बाहेक सबै प्रदेशको सम्मेलन सुरु भएको हो जसमा सात प्रदेशसहित उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशको सम्मेलन प्रचण्डले उद्‍घाटन गरेका हुन्। 

प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन सुरु भएको छ। 

सम्मेलनबाट नयाँ कार्यसमिति गठन हुनेछन्। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी ९ सदस्यीय पदाधिकारी हुनेछन्।

त्यस्तै, प्रदेश १ मा २५९, २ नम्बर प्रदेशमा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय प्रदेश समिति गठन हुनेछ। विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell