PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

दलबल सहित मनोनयन दर्ता गर्न देउवा सभागृहमा



पहिलोपोस्ट

दलबल सहित मनोनयन दर्ता गर्न देउवा सभागृहमा

काठमाडौं : नेपाली कांग्रेसका सभापति पदमा उम्मेदवारी दिन प्रधानमन्त्री र पार्टी सभापति शेरबहादुर देउवा सभागृह पुगेका छन्।

संस्थापन पक्षको प्यानल सहित सभापति पदमा उम्मेदवारी दिन देउवा तोकिएको समय सकिन ३० मिनेट बाँकी रहँदा सभागृह पुगेका हुन्।
पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउन समय लागेपछि उनी सबैभन्दा ढिलो गरी उम्मेदवारी दिन पुगका हुन्।

दोस्रो कार्यकालको नेतृत्वका लागि सभापति पदमा उम्मेदवारी दिन उनी पुगेका हुन्। यसपाला सभापतिका उनी छैटौं प्रत्सायी हुन्। यसअघि कल्याण गुरुङ, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र युवराज न्यौपानेले सभापति पदमा उम्मेदवारी दिइसकेका छन्।

प्रत्यासी मानिएका रामचन्द्र पौडेलले कांग्रेसको सभापति पदको मैदान छाडेको आजै एक विज्ञप्ति जारी गर्दै घोषणा गरकेा छन्। शेखर कोइरालालाई शशांक र रामचन्द्र पौडेलको समर्थन रहेको छ। देउवालाई भने कृष्ण सिटौलाले साथ दिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell