PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

ए डिभिजन लिग: सानदार जित निकालेको मछिन्द्र शीर्ष स्थानमा



पहिलोपोस्ट

ए डिभिजन लिग: सानदार जित निकालेको मछिन्द्र शीर्ष स्थानमा
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा साविक विजेता मछिन्द्र क्लबले हिमालयन शेर्पा क्लबमाथि सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्र क्लबले हिमालयन शेर्पामाथि ३-० को सहज जित निकालेको हो।

सुरुबाटै आक्रामक देखिएको मछिन्द्रका लागि खेलको २९ औं मिनेटमा नुर्लान करिमले प्रहार गरेको फ्रिकिक फिनिसिङ टच दिँदै सुनिल बलले मछिन्द्रलाई अग्रता दिलाए। र, पहिलो हाफमा मछिन्द्र एक गोलले अघि रह्यो। दोस्रो हाफमा विशाल राईले कर्नरबाट प्रहार गरेको बललाई दिशा दिँदै नुर्लान करिमले अग्रता दोब्बर बनाए। त्यस्तै ७४ औं मिनेटमा मैदान प्रवेश गरेका विमल घर्ती मगरले आन्द्रेस नियाको पासमा गोल गर्दा मछिन्द्रले ३-० को सहज जित निकालेको छ।

जितसँगै मछिन्द्र ४ खेलबाट १० अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। आजै सम्पन्न पहिलो खेलमा न्युरोड टीम एनआरटीले सातदोबाटो युथ क्लबमाथि १-० को संघर्षपूर्ण जित निकालेको थियो। एनआरटीको जितमा स्टेफेन समिर बिनोङले निर्णायक गोल गरेका थिए। एनआरटी ५ अंक जोडेर तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell