PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

विवाहको जन्ती लिन सिन्धुपाल्चोकको बिन्जेल गएको बस दुर्घटना, एक जनाको मृत्यु



पहिलोपोस्ट

विवाहको जन्ती लिन सिन्धुपाल्चोकको बिन्जेल गएको बस दुर्घटना, एक जनाको मृत्यु
फोटोः टिका सुवेदीको फेसबुकबाट

काठमाडौँः विवाहको जन्ती लिन सिन्धुपाल्चोक गएको बस दुर्घटना भएको छ। बा २ ख ५६१४ नम्बरको बस बलेफी गाउँपालिका ४ बिन्जेल, माझगाउँ नजिकै दुर्घटना भएको हो।

बस सडकबाट १५० मिटर तल पुगेको छ। बसमा रहेका एक जना को घटनास्थल मा नै निधन भएको छ। अन्य घाइतेहरुको सदावहार अस्पतालमा उपचारको लागि लगिएको स्थानीय विनोद नेपालले जानकारी दिए।

बलेफी ५ का स्थानीय सन्तोष भुजेलको आइतबार काभ्रेको भुम्लुमा जन्ती लिएर जानका लागि बस कोठेबाट बिन्जेल जाँदै थियो। कोठेबाट बसले विवाह मा जाने आफन्तलाई लिएर गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell